दशौंको झण्डा कर्णालीले ग्रहण गर्दै, लोगो र मस्कट राराबाट सार्वजनिक गरिने

सुर्खेत । गण्डकी प्रदेशको पोखरामा असोज २८ गते देखि शुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता विहिवार समापन हुदै छ । उक्त समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा दिने कार्यक्रम रहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।

सदस्य सचिव संज्यालका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समामनसँगै अब कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगितिा हुने निश्चित भएको छ ।

‘यो भन्दा अगाडी कर्णालीमा विभिन्न समयमा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता हुने हल्ला चले पनि निश्चित भएको थिएन, ‘सदस्य सचिव संज्यालले भने,’ ‘ आज नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनसँगै प्रधानमन्त्री ज्यूले दशौं खेलकुद प्रतियोगिता आयोजनाको झण्डा कर्णाली प्रदेशलाई औपचारिक रुपमा दिएसँगै दशौं खेलकुद प्रतियोतिता कणालीमा हुने निश्चित भएको छ ।’

लागो र मस्कट राराबाट सार्वजनिक गरिने

कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको विहिवार झण्डा ग्रहण गरे पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट भने राष्ट्रिय खेलकुद परिषदको बैठकले राराबाट सार्वजनिक गर्ने भएको छ ।

स्वर्गकी अप्सरा भनेर चिनिने कर्णाली प्रदेशको चर्चित पर्यटकीय स्थल रारामा बस्ने राष्ट्रिय खेलकुद परिषदको बैठकको संचालन भने कर्णाली प्रदेश खेलकुद विकास परिषदले गर्ने छ ।