सुर्खेत । डाक्टर नवराज केसीद्धारा लिखित ‘शुन्यको मुल्य’ अर्थात सास, साहस र स्नेहको कथा नामक सिर्जनात्मक गैर अख्यान पुस्तक सार्वजनिक भएको छ ।
शनिबार सुर्खेत वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच डा. केसीले उक्त पुस्तक आमा टिका केसीको हातबाट सार्वजनिक गरेका हुन् ।
पुस्तक सार्वजतिक सार्वजनिक कार्यक्रममा पुस्तक माथि टिप्पणी गर्दै लेखक तथा अभिन्ता राधा पौडेलले पुस्तकले कर्णालीको बास्तविक चित्र बाहिर ल्याएको बताइन् । उनले कर्णालीका बालबालिकाहरुको बास्तविक विम्बलाई यथार्थरुपमा प्रस्तुत गरेको भन्दै कर्णालीका आमाहरुको साहसलाई समेत यसले यहाँ उजागर गरेको उल्लेख गरिन् ।
लेखक तथा अभियान्त पौडेलले ‘शून्यको मूल्य’ ले अन्धकार समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देश प्रवाह गरेको बताइन् ।
‘यो पुस्तक देशका प्रधानमन्त्रीदेखि मन्त्रीहरुको हातमा हुनुपर्छ, राज्यका प्रमुख निकायमा रहेका व्यक्ति, राजनीतिज्ञहरुले पढ्नुपर्छ,’उनले भनिन,‘ त्यसपछि उहाँहरुले थाह पाउनुहुने छ, कर्णालीमा अझै यस्तो पनि हुने रहेछ, यो पुस्तक आफैमा एउटा अभियान हो, कर्णालीमा गरिबी छ, यहाँमा मान्छेहरु उपचार गर्ने पैसा नपाएर ज्यान गुमाउँछन् भन्ने मात्र छैन । त्यसबाट मुक्तिको साहस गर्नपनि माहिर छन् भन्ने सिकाएको छ ।’
बालरोग विषशेज्ञकारुपमा काम गर्दै आएका डा. केसीले कर्णालीका दुर्गम ठाँउमा पुगेर समाजसेवा गर्दै गर्दा त्याहाँका आमा र बालबालिकाहरुको साहस र स्नेहका वास्तविक कथाहरुलाई ‘शून्यको मूल्य’ पुस्तकमा गैर अख्यानरुपमा प्रस्तुत गरेका छन् ।
डा. केसीले कर्णालीका मान्छेहरुको कथा अभावमा मात्रै होइन यहाँ अभावलाई पनि झेल्न सक्ने कर्णालीका मान्छेहरुमा साहस यस्तो भन्ने कुरा दुनियाँसम्म पुगोस् भन्ने उद्देश्यसहित कृतिमा कर्णालीका बास्तविक पात्रलाई ‘शुन्यको मुल्य’भित्र समावेश गरिएको बताए ।
‘कर्णाली आफैमा विश्वविद्यालय हो,’ डा. केसीले भने,‘ यहाँको जीवन संघर्ष र सिकाई नै सबैभन्दा ठुलो डिग्री हो ।’
कृति साङ्ग्रिला मिडिया ग्रुपले बजारमा ल्याएको छ ।
झिल्को खबर । १७ मंसिर २०७९, शनिबार २१:५१