सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद विकासको लागि जहिले आफु साथमा रहने बताएका छन् ।
विहिबार कर्णाली प्रदेश खेलकुद विकास परिषदको पदाधिकारी टोलिले मुख्यमन्त्री शर्मालाई बधाई दिने क्रममा खेलकुद पदाधिकारीको टोलिसँग यस्तो बताएका हुन् ।
‘कर्णाली प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्रथामिकतामा राखेकै छ त्यसको लागि मैले पनि अध्ययन गर्न बाकि छ,’ ‘मुख्यमन्त्री शर्माले भने,’ ‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने कर्णालीको लागि प्रतिष्ठाको विषय भएकोले बजेट अभाव हुन नदिएर त्यसको लागि संघीय सरकारसँग पहल गर्नेछु,।’
उनले कर्णालीको खेलकुद क्षेत्रलाई माथि उठाउनको लागि आफुले मात्रै चाहेर नहुने भएकोले खेलकुद क्षेत्र सम्बद्ध सबैले प्रदेश सरकारलाई सहयोग गर्नु पर्ने भन्दै आउने दिनमा प्रदेश सरकारसँग सहकार्यको लागि तयारी अबस्थामा रहन परिषदलाई निर्देशन समेत दिए ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशले समयमै गर्न सक्ने भन्दै त्यसको लागि अहिले खेलकुद भौतिक पूर्वाधार निर्माण तिर सबैले ध्यान दिनु पर्ने बताए । अहिले प्रदेश सरकार पुर्ण भएको छैन सरकारले पुर्णता पाउने वित्तिकै त्यसको लागि पहल थालिने समेत उनले जानकारी गराए ।
झिल्को खबर । ५ माघ २०७९, बिहीबार १९:०७