बाबाको कविता चोरेर साहित्यमा हिड्न सिकेको हुँ – जोशी

सुर्खेत । ‘म ११ बर्षको हुँदा स्कुल पढ्न शुरु गरे बाबाले म सानो हुँदा सधैंका लागि छोडेर जानु भयो । जन्मेका दुई सन्तान र जन्मिन बाँकी १ सन्तानकी २४ बर्षीया मेरी आमा जसले बाबाको मृत्यु पछि सम्झनाको लागि बाबाको बाकस साँचेर राख्नु भएको थियो त्यहि बाकस भित्र बाबाले लेखेको कविता देखे र स्कुलमा कविता प्रतियोगिता हुँदा त्यहि कविता चोरेर पहिलो पटक बाचन गरे २० रुपैंया पुरस्कार पाए ।’ मदन पुरस्कार विजेता ऐना पुस्तकका लेखक रामलाल जोशीले शनिवार वीरेन्द्रनगर सुर्खेतमा आफ्नो साहित्य यात्राको सुरुवाती बारे जानकारी दिदै भने,।’

कर्णाली साहित्य समाज सुर्खेतले आयोजना गरेको बाआमा कृति माथिको विमर्श कार्यक्रममा शनिवार वीरेन्द्रनगर सुर्खेत पुगेका साहित्यकार रामलाल जोशी ऐना कृति मार्फत आफुले पाठक माझ बलियो उपस्थिति जनाइसकेपछि शिक्षण पेशा छाडेर पुर्णकालिन रुपमा साहित्य कर्ममा लागेको बताए ।

‘म आफ्ना कुरा सुनाउन भन्दा बाआमाका कुरा सुन्न कर्णाली प्रदेश आएको हुँ,’ ‘साहित्यकार जोशीले भने,’ ‘बाआमा पढेर छोराछोरीलाई उपहार दिनु होला छोराछोरीले बाआमालाई उपहार दिनु होला,।’
ऐना पश्चिमको कथा लेखे सखी थारु समुदायको कथा लेखे अब छोराछोरी भएका बाआमाको र बाआमा भएका छोराछोरीको कथा लिएर यो पटक बाआमा मार्फत पाठक सामु आएको भन्दै साहित्यकार जोशीले मनको दुरी बढेका बेला यस कृतिले भावनात्मक सम्बन्ध जोड्ने काम गरेको बताए ।

बाआमा कृतिका समालोचक बाशुदेव पाण्डे (प्रभाकर)ले बाआमा कृतिले माया, प्रेमको दुरी बढ्दै गएको यो समाजमा अभिभावकत्वको जिम्मेवारी बोध गराएको बताए । लेखकले म पात्रमा लेखेका धेरै कथाहरु आफ्नो जीवनसँग मेल खाने गरी प्रस्तुति गरेको भन्दै नेपाली साहित्य पाठकले बाआमा कृति एक पटक पढ्नै पर्ने बताए ।

कृति भित्र म पात्रले भोग्नु परेको अभाव बाबाको मृत्यु पछि म पात्रलाई आमाले हुर्कान खेलेको भूमिका अनि अक्षर चिनाउन सिकाउने गुरुको बर्णन यहाँ निकै भावनात्मक रहेको भन्दै कथा पढेपछि छाड्नै नसकिने गरी आफुलाई छाप छाडेको बताए ।