यशोदा न्यौपाने – जनमुक्ति सेनादेखि उपसभामुखसम्म

सुर्खेत । दुई दशक अघि जुम्ला तातोपानी हिमशिखर मा.वि. अखिल क्रान्तिकारीको इकाई अध्यक्ष भएकी यशोदा न्यौपाने (पुर्णिमा) २०५७ असोज ३ गते पुर्णकालिन रुपमा माओवादी जनयुद्धमा सामेल भइन् ।

यशोदा जब माओवादी जनयुद्धमा सामेल भइन् अनि उनको घरपरिवारले माओवादी पार्टीबाट फिर्ता बोलाएर उनका भाईलाई पार्टीमा प्रवेश गराउने र यशोदालाई काठमाडौंमा पढाउने तयारी थाल्यो तर यशोदाले परिवारको योजनालाई इन्कार गरिन् ।

‘माओवादी जनयुद्ध शुरु हुनु अघि गाउँमा महिला अधिकारको बारेमा मलाई कुनै जानकारी थिएन तर महिला माथि हुने हिंसा भने गाउँमा देखेकी थिए,’ ‘यशोदाले भनिन्,’ जब माओवादी जनयुद्धले महिला अधिकारका बारेमा प्रशिक्षण दिन थाल्यो अनि मैले गाउँमा महिला दिदिबहिनीहरु माथि हुने हिंसा अत्य गर्नको लागि यहि पार्टी रोजे,।’

२०५७ सालमा तत्कालिन प्रतिक्रियावादी सरकारले माओवादी पार्टीलाई निकै दमन गरिरहेको थियो । त्यो बेला यो पार्टीमा प्रवेश गरेर देशको निम्ति लड्न जान्छु भन्दा गाउँ र घरकाले अकालमै मर्न गई भनेर कुरा काट्ने गर्थे,’ ‘ती दिनहरु सम्झिदै उनले भनिन्,’ ‘मैले कुनै पनि काम गर्दा धेरै पटक सोचेर गर्ने भएकाले मैले जनयुद्धमा लागेकोमा कुनै पछुतो गर्नु परेन,।’

माओवादी जनयुद्धमा प्रवेश गरेको केहि महिनामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को एरिया कमिटी अध्यक्ष हुदै जिल्ला सदस्य बनेकी यशोदा २०५८ मा पार्टीको एरिया सचिव, अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सचिव र किसान संगठनको क्षत्रीय ब्यूरो सदस्य बनेकी थिइन् ।

२०५९ मा जनमुक्ति सेनामा प्रवेश

तत्कालिन राजा ज्ञानेन्द्रको नेतृत्वको शाही सरकार र माओवादी पार्टी बीचको युद्ध चर्किदै थियो । त्यो बेला पार्टीको निर्देशन अनुसार २०५९ मा माओवादी जनमुक्ति सेनामा सरुवा भएर प्लाटुन कमाण्डरको भुमिकामा रहेकी यशोदा जनमुक्ति सेना प्रवेश गरेकै बर्ष कालिकोटको सेरावाडामा शाही नेपाली सेनाको घेरामा परिन् ।

उपसभामुख न्यौपाने माओवादी जनमुक्ति सेनामा हुदा

विहान ९ बजे देखि साँझ ५ बजे सम्म घेरामा परेकी यशोदालाई बाच्छु भन्ने कुनै कल्पना थिएन । उनी ती दिनहरु सम्झिदै भन्छिन् दुश्मनले मलाई भनेर मेरो झोला खसेको ठाउँमा २५ राउण्ड गोलि हान्यो तर म बाचे ।

जनमुक्ति सेनामा हुदा नै घर भेटघाटमा गएको बेला तत्कालिन जुम्ला गर्जेङ्गकोट गाविसमा शाही नेपाली सेना र आफु आम्ने साम्ने भएको बेला गाउँकै एक जना स्थानीय दाइले बचाएको उनी अहिले पनि सम्झिन्छन् ।

जनमुक्ति सेनामा हुँदा नै यशोदाको गण्डकमा कार्यक्षेत्र प¥यो । त्यो बेला उनी जनमुक्ति सेनाको राजनिति कमिसार भइसकेकी थिइन् । जनयुद्धको समयमा सबैभन्दा नविर्सिने क्षेण भनेको नै उनका लागि म्याग्दीको आक्रमण रहेछ । त्यो बेला दुइ दिन दुई रात खाना नपाएको क्षेण सम्झिदा अहिले पनि सपना जस्तो लाग्छ उनी भन्छिन् ।

शान्ति प्रक्रियामा अरु ब्यारेकमा बसे म खुला राजनितिमा आए

जनयुद्धको अबधिभर जनमुक्ति सेनाको रुपमा काम गरेकी यशोदा पार्टी शान्ति प्रक्रियामा आइसकेपछि उनका सहपाटी सबै जनमुक्ति सेनाहरु ब्यारेकमा बसे तर उनी खुला राजनितिमा आइन् । माओवादी युवा संगठन योग कम्युनिष्ट लिग नेपालको महिला विभाग प्रमुख हुदै केन्द्रीय उपाध्क्ष सम्म बनेकी यशोदा अहिले पार्टीको केन्द्रीय सदस्य हुदै कर्णाली प्रदेश सभाको उपसभामुख बनेकी छन् ।

जनयुद्धका ती अविस्मणीय क्षेणहरु सम्झिदै यशोदा अहिले भन्छिन् यसरी नर्वाचित भएर पार्टी सत्तामा पुग्ला भन्ने कल्पना समेत गरेकी थिइन् । तर परिस्थितिले आज म आफैलाई सत्ताको एक जिम्मेवारी दिएको छ । जनयुद्धको संकटपूर्ण परिस्थितिमा राजनितिमा प्रवेश गरेर यो देशको व्यवस्था बदल्नको निम्ति गरेको त्याग, तपस्या, बलिदान र जनताको अपार मायाले यो ठाउँ सम्म पु¥यायो उनि निकै खुसी लागेको बताउछिन् ।

संसदको नेतृत्व गर्ने जिम्मेवारी प्रभावकारी बनाउछु

कर्णाली प्रदेशसभाको नेतृत्व महिलाको काँधमा आएको हुनाले त्यसलाई कसरी प्रभावकारी गर्न सकिन्छ त्यस तर्फ ध्यान दिने यशोदा बताउछिन् ।

पार्टीको आदेशमा यो मोर्चा समालेको हुनाले उपसभामुख भए पनि मान्छेको इच्छा शक्ति भयो भने र क्षमता भयो भने यसैबाट धेरै काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेर देखाउनेमा आफु लागि परेको बताउने यशोदा भोलिको राजनितिलाई निरन्तरता दिने वा यसबाट विदाई लिने आफ्नो लागि परिक्षाको घडि भएकोले आफु जसरी पनि पास हुने कोशिस गर्ने छु उनी भन्छिन् ।