सुर्खेत । नेपाल नर्सिङ संघ शाखा सुर्खेतले ६१ औं नर्सिङ दिवसको पूर्व सन्ध्यामा वीरेन्द्रनगर सर्खेतमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ मा करिब ५५ जना महिलाहरुको पाठेघरको क्यान्सर र स्थन क्यान्सर जाँच गरिएको नेपाल नर्सिङ संघ सुर्खेतका सल्लाहाकार सकुन्तला सापकोटाले जानकारी दिइन् ।
उनलका अनुसार चेक जाँचका क्रममा पोजेटिभ आएका विरामीहरुको उपचार कर्णाली प्रदेश अस्पतालको समन्वयमा गरिने छ । ६१ औं नर्सिङ दिवस आइतवार भए पनि त्यसको पूर्व सन्ध्यामा शनिवार स्वास्थ्य शिविर संचालन गरिएको सल्लाहकार सपकोटाको भनाइ छ ।
अस्पतालहरुमा विरामीहरुको धेरै चाप हुने भएकोले विदाको दिन पारेर शनिवार नै नर्सिङ संघले वीरेनद्रनगर नगरपालिकाको सबैभन्दा पिछडिएको वडा भएकोले वडा नं. ७ लाई आफुहरुले छनौट गरिएको नर्सिङ संघ सुर्खेत शाखाकी अध्यक्ष गीता सुवेदीले जानकारी दिइन् ।
स्वास्थ्य शिविरमा स्तन क्यान्सरको छनौट नथा मधुमेह र उच्चरक्तचाप सम्बन्धि छनौट गरिएको छ ।
संघका औपचारिक कार्यक्रम भने आइतवार गरिने भएको छ नर्सिङ संघ सुर्खेतले जनकारी दिएको छ ।
झिल्को खबर । १४ माघ २०७९, शनिबार १९:४५