सुर्खेत । कर्णाली प्रदेशसभा उपसभामुख यशोदा न्यौपानेले कर्णाली प्रदेश सभा संचारमैत्री बनाउन आफुले पहल गर्ने बताएकी छन् ।
प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेका क्रियाशिल पत्रकारहरुसँग भेटघाट गर्दै उपसभामुख न्यौपानेले यस्तो बताएकी हुन् ।
पछिल्लो समय कर्णाली प्रदेशसभाको नेतृत्व महिलाले गरेका कारण देशैभरी चर्चामा रहेको भन्दै उपसभामुख न्यौपानेले कर्णाली प्रदेशसभालाई संचार क्षेत्रबाट सकरात्मक सहयोग गर्न पत्रकारहरुलाई आग्रह समेत गरिन् ।
कर्णाली प्रदेश सभा संचारमैत्री नभएको भन्दै पत्रकारहरुको गुनासोबारे प्रतित्रिया दिदै उपसभामुख न्यौपानेले हिजोका दिनमा के भयो भन्ने तिर जाने भन्दा पनि भोलिका दिनमा कर्णाली प्रदेशसभा कस्तो हुन्छ भन्ने तिर सबैले ध्यान दिनु पर्ने भन्दै अबका दिनमा प्रदेशसभा पूर्ण संचारमैत्री बनाउन आफुले सक्दो पहल गर्ने बताइन् ।
संसदलाई सफल बनाउन संचार क्षेत्रको ठुलो योगदान हुने भन्दै उपसभामुख न्यौपानेले सकारात्मक र रचनात्मक सहयोग हुने अपेक्षा गरेको बताइन् । ‘उनले भनिन, ‘सदनलाई पहुँच योग्य बनाउने देखि प्रदेशसभासँग सम्बन्धित पत्रकारका समस्या समधान गर्न म लाग्छु ।’
झिल्को खबर । ९ फाल्गुन २०७९, मंगलवार १६:०२