कालिकोट जिल्ला नेकपा (माओवादी केन्द्र) को आधार ईलाका हो । त्यस मध्यको एक हो कालिकोटको शान्नि त्रिवेणी गाउँपालिका त्यहि गाउँपालिकामा भरखर सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार डम्वर बहादुर शाही विरुद्ध बागी उम्मेदवार दिएर स्वतन्त्रबाट पालिका अध्यक्षमा विजयी भएका नव निर्वाचित शान्नि त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी (महेश) सँग पछिल्लो समग्र राजनिति परिबेशका बारेमा पत्रकार विवशकुमार सेजुवालले गरेको कुराकानी ः
स्वतन्त्र उम्मेदवार भएर निर्वाचन जित्नु भयो सबैभन्दा पहिला तपाईलाई बधाई छ !
धन्यावाद ।
पार्टीले तपाइलाई टिकट दिएन त्याहाका जनताहरुले तपाइलाई स्वतन्त्र उम्मेदवारको रुपमा जिताए सबैभन्दा पहिला त्याहाँको जनताहरुलाई के भन्नु हुन्छ ?
सबैभन्दा पहिला मैले चुनाव जितिसकेपछि शान्नीत्रिवेणीबासी १ नम्बर वडा देखि ९ नम्वर वडा सम्मका जन समुदायहरुलाई धन्यवाद व्यक्त गरेको छु सम्मान व्यक्त गरेको छु यो जनताले लगाएको गुनलाई मैले ५ बर्षको कार्याकाल सम्म इमानदार रुपमा पालना गर्ने छु ।
तपाईको पार्टी एकातिर तपाई स्वतन्त्र भएर अर्को तिर भएर चुनाव लडिरहदा प्राय समुदायमा राजनिति पार्टीका घोषणा पत्र हेरेर पार्टीलाई भोट दिने गरेका थिए तपाईले यति छोटो समयमा के योजण्डा लिएर जनता माझ जानु भएको थियो ?
यसमा खास गरेर मैले १० बर्षको महान जनयुद्धमा मेरो लगानी र त्याग तपस्या थियो त्यसपछि शान्ति प्रक्रियामा पार्टी आइसके पछि मैले जनतालाई कहिल्यै पनि छोडिन निरन्तर रुपमा म जनताको साथमा रहिरहे जनताको काममा म निरन्तर खटिरहे मैले बेइमान गरिन पार्टीको निति विधानमा रहेर काम गरेको थिए त्यसपछि मैले जनताको सामु जानु पर्छ भन्ने सोच बनाए मैले आफ्नो प्रतिवद्धता पत्र पनि तयार गरे जनताको हात हातमा दिए त्यसो गर्दा पार्टीका नेताहरुले पत्याएनन् तर मलाई विश्वास थियो शान्नीत्रिवेणीको जनताले मलाई अन्याय पार्दैनन् भन्नेमा विश्वस्त थिए ।
भनेपछि तपाईले भन्न खोजेको जनयुद्धकालमा जनतालाई देखाएका सपनाहरुलाई नै तपाईले चुनावी योजण्डाको रुपमा अघि सार्नु भएको थियो ?
हो मैले जनयुद्धको बेला जनतालाई देखाएका सपनाहरु मध्यका अघिल्लो स्थानीय सरकारबाट पुरा गर्न बाकी रहेका कामहरुलाई निरन्तरता दिन खोजेको थिए । र अर्को कुरा पार्टी भित्र एउटा प्रबृद्धि देखा प¥यो त्यो कुरा सिङ्गो पार्टीको निति विधि सिद्धान्त एका तिर हुने तर पार्टीमा देखिएको प्रबृद्धिले जनतामा वितृणा पैदा भयो त्यो कुरा मैले बस्तुगत धरातलबाट राम्रो सँग निहालेर हेरिरहेको थिए त्यो बेला मैले जनताको मनोविज्ञानलाई पकडेर समेट्नु पर्छ भन्ने मैले एनालाइसेस गरे त्यसपछि म जनताको बिचमा गए र त्यसपछि अहिले मलाई जनताको फैसलाले यहाँ पु¥यायो ।
अब तपाईको मुख्य योजण्डा के हुन्छ ? तपाई जनयुद्धको पृष्ठभूमिबाट आउनु भएको छ तपाईको राजनिति जीवनको पृष्ठभूमीमा जनयुद्ध जोडिएको छ जनयुद्धको बेला सत्ता संचालनका अभ्यास पनि छ जनयुद्ध कालको बेला जनतालाई देखाएका सपनाहरु पुरा गर्ने तिर लाग्नु हुन्छ ?
अब यसमा के छ भने सबैभन्दा त यो व्यवस्था परिवर्तन गर्नको लागी जीवनको उत्सर्ग गर्ने आदारणीय शहिद परिवार जन हुनुहुन्छ सबैभन्दा पहिले ती शहिद परिवारको सन्दर्भमा एउटा प्याकेजको कार्यक्रमको तयारी गर्दैछु । जनयुद्धको बेला शरिर भरी गोली लागेर घाइते हुनुभएका घाइते योद्धाहरुलाई र पालिकामा रहेका गरिब दुखि जनताहरुलाई संगठित गरेर अगाडी लैजाने एउटा लक्ष्य त्यो त्यसपछि विकास निर्माणमा वडा नंं. एक देखि ९ सम्मका जनताहरुलाई २ घण्टा भित्र पालिका भरी यात्रा गराउने गरी सडक निर्माणको कामलाई प्रथामिकता दिने छु । यहाँको शिक्षा स्वास्थ्य क्षेत्रमा कसरी काम गर्न सकिन्छ त्यसलाई पनि प्राथामिकतामा दिने छु र मेरो पाँच बर्षको कार्याकालमा के के काम गर्न सकिन्छ म यहाँ विभिन्न सेक्टरका विज्ञहरुसँग छलफल गरी अगाडी बढ्ने योजना बनाएको छु ।
तपाईले जित्नु भयो तपाईले जितिसकेपछि शहिद परिवारको कुरा घाइतेको कुरा गर्नु भयो अनि तपाईले जनयुद्धलाई तपाईले आफु जित्नुमा कत्तिको श्रय दिन चाहान्छु ?
यसमा दुइटा कुरा छ हेर्नुहोस् पहिलो कुरा म जनयुद्धको सिपाही हु मेरो त्याग तपस्या समर्पण मेरो माओवादी पार्टीमा छ तर भयो के भन्नु हुन्छ भने हामीले नेकपा माओवादी केन्द्रबाट टिकट प्राप्त गर्ने भन्दर्भमा हामीले बैशाख १ गते उम्मेदवारी घोषणा गर्ने भन्यौ र हामीले गाउँपालिका उम्मेदवारी घोषणा ग¥यौ त्यसमा हाम्रो १४ जना अध्यक्ष र ५ जना उपाध्यक्षमा साथिहरुको उम्मेदवारी आयो । त्यसपछि छलफल गर्दै जादा हामी २४ जनाबाट ६ जना अध्यक्षका लागी हामी उम्मेदवारी बाकी रयौ र उपाध्यक्षमा एक जना महिला घटेर ४ जनामा उपाध्यक्षमा बाकी रयौँ त्यसमा पनि पार्टीमा उम्मेदवार को हुने भन्ने विषयमा हामी मिल्न नसकेर हामीले जिल्ला समन्वय मार्फत प्रदेश कार्यालयमा नाम पठायौँ तर प्रदेशबाट फेरी गाउँपालिकामा सक्नु हुन्छ भने एक राउण्ड छलफल गरेर मिलेर आउनुहोस् भन्ने निर्देशन आयो । त्यसपछि कालिकोट जिल्ला पार्टीको संयोजक लक्ष्मी प्रसाद चौलागाईले मलाई छलफलका लागी निर्देशन दिनु भयो । छलपलमा जसको नाममा महुमत हुन्छ त्यसको नाम जिल्लाले सिफारिस गर्ने प्रदेशको निर्देशन भएकोले मैले पनि बैठकको आव्हान गरे । मैले भोलिपल्ट बैठकको आव्हान गर्दै थिए पार्टीको पूर्व अध्यक्ष डम्वर बहादुर शाहीले टिकटको लागी बहुमत चाहिने भयो मलाई सहयोग गर्नुहोस् भनेर रकु, शान्नीमा बाटोमा मिटिङ गर्नु भयो र त्यसपछि गाउँपालिकामा आएर कसैको घर घरमा गएर कसैलाई अपहरण शैलीमा र कसैको कृते हस्ताक्षण गरेर गाउँ कमिटीले मलाई बहुमत दियो भनेर जानु भयो म पार्टीको अध्यक्ष कार्यालयमा बसिरहेको बेला उपाध्यक्ष हर्क बहादुर ऐडीलाई कावा अध्यक्ष बनाएर उहाँले त्यो बहुमत सो गराउनु भएछ । भोलिपल्ट मैले मिटिङ बोलाउदै गर्दा हाम्रो मिटिङमा आएका साथिहरुलाई पनि थर्कानु भएर त्यसपछि मेरो हैसियत माथि नै हस्तक्षप गरेर त्यस्तो काम गरेरको हुनाले मलाई अन्याय लागेर छानविन गरीपाउ भनि मैले जिल्ला पार्टीमा निवेदन दिए । मेरो निवेदन प्रति कुनै कार्वाहि चलेन त्यसपछि मैले बाध्य भएर जनताको अगाडी जान्छु भनेर नेताको अगाडी घोषणा गरेर आएको थिए ।
टिकट पाउने र दिने बेलाको कुरो भन्दा पनि तपाई अहिले स्वतन्त्र भएर जित्दा खेरी तपाईको व्याक्तित्व यहाँ पुगेको छ यो श्रय जनयुद्धलाई दिनु हुन्छ की नाई भन्न खोजेको ?
म त्यता आउदै छु यो श्रय जनयुद्धलाई दिने की मलाई नै दिने भन्ने प्रगंग म ल्याउदै छु मेरो लगानीका हिसाबले जनयुद्ध नै हो भन्ने कुरामा मेरो दावि हुदाहुदै पनि एउटा प्रबृद्धिले मलाई जबरजस्ती मलाई धकेलिसकेपछि मैले जनताको माझमा आएर फैसला आइसके पछि मैले स्वीकार गरिसके । मेरो व्याक्तिगत भन्दा पनि जनयुद्धको मुद्धालाई नै सस्थागत गर्ने भनेर म गएको थिए तर मलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्बाही गाउँ कमिटीले फेरी गरिसकेपछि त्यसपछि मैले के भने भन्दा त्यसो भने मेरो साधारण सदस्य नै नरहिसकेपछि त अब मैले के भन्नु प¥यो भने हिजो जनयुद्धको लगानी थियो आज मेरो जनताको निम्ती देखिएको लोक प्रियता इमानदारिताले नै मैले जितेको हु ।
यो भन्दा पछिको तपाईको राजनिति यात्रा कसरी अगाडी बढ्छ ?
राजनिति यात्राको कुरा अब माओवादी केन्द्रका नेताहरुले के डिसेजन गर्छन् त्यसपछि मेरो डिसेजन हुन्छ अहिले नै म यहि हुन्छ भनेर म भन्न सक्दिन ।
त्यसो भए माओवादी केन्द्रले तपाइ माथि गरेको कार्वाहि फुकुवा गरेको खण्डमा पुन माओवादी केन्द्रमा फर्किनु हुन्छ ?
मलाई कार्बाही गर्ने व्याक्तिलाई कार्बाही हुनु प¥यो पार्टी भित्र गलत प्रबृद्धिका विरुद्ध कार्वाही गर्ने थालनी भयो भने मैले पुनर विचार गर्न गर्छु ।
त्यसो भए माओवादी पार्टीले तपाईलाई कार्बाही गर्ने व्याक्तिलाई आत्मालोचना गरायो भने पुन माओवादी केन्द्रमा फर्किनु हुन्छ ?
अब कार्बाहीको प्रक्रिया के हुन्छ भन्ने कुरा त त्यो चाहि त्यो कार्बाहीको प्रकृतिले नै बताउने छ । आत्मालोचना गर्ने की कर्बाही नै गर्ने भन्ने कुरा त त्यो प्रकृतिले बताउला त्यसो भएर छलफलको प्रक्रिया अगाडी बढ्दै जादा के हुन्छ । मैले त पहिले नै भनेको थिए मेरो बागी नजानु भन्दा अगाडी नै यो बिषयको बारेमा समस्या सामाधानको कुरा आओस् भनेको थिए । नेताहरुले मेरो कुरालाई पत्याउनु भएन यो वाइयात कुरा गर्नु हुन्न जो आधिकारीक टिकट नै त्यहि भनेर उहाँहरुले भन्नु भयो । त्यो बेला उहाँले पत्याउनु भएको थिएन अहिले जनताले पत्याए ।
पछिल्लो समयमा केहि कुरा भएको छ नेताहरु सँग ?
आधिकारिक कुरा भएको छैन एक दुइ जना नेताहरुले मलाई अब पार्टीमा फकिनु प¥यो भनेर भनिरहनु भएको छ । मैले भने त्यसको उचित छानविन नहुदा सम्म म पार्टीमा फर्किने अबस्थामा छैन ।
सत्तामा पुगेपछि धेरै काम गर्छौ भनेर भन्नु भएको थियो अब के गर्नु हुन्छ ?
होइन म त गर्छु । म त जनयुद्ध लडेर आएको मान्छे मलाई अप्ठ्यारो केहि पनि छैन म कुनै अर्को संसारबाट आएको होइन म त्यहि जनयुद्धबाट जन्मेको सिपाही हु मैले अघि पनि भने जनयुद्धका बाकी कार्याभारहरुलाई पुरा गर्नमा मलाई कसैले पनि रोकतोक गर्न सक्ने छैन म एकदम इमानदार भएर हिजो जनयुद्धको बेला जे सपना बाडेका थियौ त्यो पुरा गर्ने छु ।
अन्तमा के भन्नु हुन्छ ?
सबैबाट सहयोगको अपेक्षा गरेको छु सत्ता संचालनको बेला सबैले सहयोग गर्नु होला ।
। १४ जेष्ठ २०७९, शनिबार १५:४०