सुर्खेत । नेपाल एथ्लेटिक्स एशोसियन को आयोजनामा यहि फागुन २३ गते देखि शुरु हुने १६औं एशियन क्रस कन्ट्रि च्याम्पेन्सिपको सल्लाहकारमा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्याल नियुक्त भएका छन् ।
कर्णाली प्रदेश सभा सदस्य एवं नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजिवबिक्रम शाहले सदस्य सचिव संज्याललाई सल्लाहकार समितिको सदस्यमा नियुक्ति गरेका हुन् ।
२२ बर्ष पछि दोस्रो पटक नेपालमा आयोजना हुन लागेको उक्त प्रतियोगिता एसियन एथ्लेटिक्स एशोसियनको तत्वधानमा नेपाल एथ्लेटिक्स संघले आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा नेपाल सहित एसियाका करिब ४० देखि ४६ देशका खेलाडीहरुले सहभागिता जनाउने नेपाल एथ्लेटिक्स संघका अध्यक्ष एवं कर्णाली प्रदेश सभा सदस्य राजिव बिक्रम शाहले जानकारी दिए ।
प्रतियोगिता काठमाडौं गार्कण स्थित गोर्खा फोरेष्ट रिसोर्टको एरियामा संचालन हुने छ ।
झिल्को खबर । २१ फाल्गुन २०७९, आईतवार ११:४३