कर्णालीमा बैशाख १४,१५ र १६ गते खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुदै

सुर्खेत । राष्ट्रिय लेखा दिवस २०८० को उपलक्ष्यमा बैशाख १४,१५ र १६ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको जिल्ला ब्याडमिन्टन संघ सुर्खेतले समन्वय गरेको छ ।

१२ बैशाख सम्म टिम दर्ता गरिसक्नु पर्ने उक्त प्रतियोगिताको टिम दर्ता शुल्क भने ईभेन्ट अनुसार फरक फरक छुट्याईएको छ । खुल्ला टिम दर्ताको लागि शुल्क रु २५,०० तोकिएको छ भने भेट्रान्स तर्फ टिम दर्ता शुल्क रु. २,००० तोकिएको छ । कर्मचारी (कर्णाली प्रदेश )भित्र र बि लेभल (जिल्ला) तर्फको लागि भने शुल्क रु १००० मात्र तोकिएको प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले जानकारी दिए ।

लेखा नियन्त्रक बमका अनुसार उक्त प्रतियोगितामा ईभेन्ट(डबल्स) खुल्ला तर्फ प्रथम पुरस्कार रु.५५,५,५५ रहेको छ भने द्घितीय रु. ३३,३,३३ र तृतीय रु.२२,२,२२ रुपैयाको राशीको पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै भेट्रान्स तर्फ प्रथम पुरस्कार रु.३३,३,३३ रहेको छ भने द्धितीय रु.२२,२,२२ र तृतीय रु.११,१,११ रुपैयाको पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा कर्णाली प्रदेश भित्रका कर्मचारीहरुको हकमा भने प्रथम रु. २२,२,२२ द्धितीय रु.११,१,११ तृतीय रु.७,७,७७ रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । यता बि लेभल जिल्ला तर्फ समान पुरस्कार राशीको व्यवस्था गरिएको छ प्रथम रु.२२,२,२२ द्धितीय रु.११,१,११ तृतीय रु. ७,७,७७ रुपैयाको पुरस्कारको व्यवस्था गरिएको छ ।

टिम दर्ता र खेलका नियमहरुको बारेमा यहाँ हेर्नुहोस् ।