काठमाडौं । १३ औं राष्ट्रपति केन्द्र स्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशले दुई स्वर्णपदक जितेको छ ।
शुक्रवारबाट शुरु भएको उक्त प्रतियोगितामा खेलको दोस्रो दिनसम्म आइपुग्दा कर्णाली प्रदेशले दुई स्वर्ण,एक रजत, र तीन कास्य पदक प्राप्त गरेको कर्णाली प्रदेश खेल विज्ञ विक्रमजंग थापाले जानकारी दिए ।
उनका अनुसार सरिता खड्काले चार सय र आठ सय मिटर दौडमा दुई स्वर्ण जितेकी छिन् भने ८०० मिटर दौडमा प्रकाश बुढाले रजत पदक जित्न सफल भएका छन् ।
यस्तै, कराँते काँतामा लक्ष्मण कुमार शाही, प्रियंका शाहीले कास्य जित्दा एक सय मिटर दौडमा सुशिल ओलीले कास्य जितेका छन् ।
झिल्को खबर । १६ बैशाख २०८०, शनिबार १५:३२