सुर्खेत । बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले जितेका छ । आइतबार भएको फाइनलमा कर्णाली पुरुषतर्फ च्याम्पियन बनेको हो ।
भक्तपुरको सानोठिमीमा भएको पुरुष फाइनलमा कर्णालीले विभागीइ टोली त्रिभुवन आर्मीलाई सडन डेथमा ५–० ले पराजित ग¥यो । निर्धारित १४ मिनेटको खेल १४–१४ स्कोरको बराबरीमा टुंगिएको थियो । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको उपाधि कर्णालीले जित्न सफल भएको हो ।
प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा पुरुष तर्फ कर्णालीका निरोज कार्की र महिला तर्फ बागमतीकी सिर्जना राई उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही पाँच हजार नगद पुरस्कार पाए । विजेतालाई मध्यपुर ठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतले पुरस्कृत गरे । पुरुष÷महिलामा सात÷सात टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
उक्त प्रतियोगितामा महिला तर्फ भने बागमती प्रदेश च्याम्पियन बनेको छ । प्रतियोगिताको महिलाको उपाधि भिडन्तमा बागमतीले आर्मीलाई २१–५ ले हरायो ।
प्रतियोगितामा पुरुष÷महिलामा सात÷सात टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
विवशकुमार सेजुवाल । २२ जेष्ठ २०८०, सोमबार १२:३९