कर्णालीमा खेलकुद विकासका लागि ५ ‘प’को नितिलाई जोड दिने

 

फाइल तस्विर

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीको समग्र खेलकुद विकासको लागि ५ ‘प’ अर्थात पूर्वाधार, प्रशिक्षण,प्रतियोगिता,प्रोत्साहनको कार्यक्रमलाई जोड दिने भएको छ ।

आइतवार कर्णाली प्रदेश सरकारको अगामी आर्थिक बर्ष २०८०÷०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले कर्णालीमा समग्र खेलकुद विकासको लागि ५ ‘प’को नितिमा जोड दिने बताए ।

प्रदेश प्रुमख परियारले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीको लागि बन्न लागेका प्रदेश स्तरीय पूर्वाधारलाई निरन्तरता दिदै तीनै तहका सरकारको श्रोत परिचालन गरी खेल पूर्वाधार विकासको गर्ने नितिलाइ प्राथामिता दिने समेत उल्लेख गरेका छन् ।

कर्णाली प्रदेश सरकारले आगामी बर्षको लागि ल्याएको निति तथा कार्यक्रमबारे प्रतिक्रिया दिदै सोमवार कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले प्रदेश सरकारलाई धन्यवाद दिएका छन् ।

सदस्य सचिव संज्यालले सामाजिक संजाल आफ्नो फेसबुक पेजमा लेखेका छन् ‘मैले शुरूका दिनबाट भन्दै बोल्दै आएको कर्णाली प्रदेशको खेलकुद बिकासका ५ ‘प’को स्तम्भ लाई बल्ल यो बर्ष प्रदेश सरकारले निती तथा कार्यक्रममा समेटेको छ । धन्यवाद प्रदेश सरकारलाई ।’

निति तथा कार्यक्रममा उल्लेख गरेको खेल विकासको निति

खेलकुद बारे लिएको निति तथा कार्यक्रम बारे कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले दिएको प्रक्रिया ।