स्वर्गिय डा.सन्जुको ४५ औं पुण्यतिथिको अबसरमा निशुल्क स्वास्थ्य परिक्षण

सुर्खेत । सुन्दर कर्णाली सस्थाका संस्थापक अध्यक्ष स्वर्गिय डा. सन्जु खड्काको ४५ औं दिनको पुण्यतिथिको अबसरमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ कृष्ण टोलमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।

स्वर्गिय डा.सन्जुले आफु चिकित्सक हुदा पनि सामाजसेवालाई पहिलो प्रथामिकतामा राखेको हुदा ४५ औं पुण्यतिथिको अबसरमा महिला दिदिबहिनीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेर उहाँको समाजसेवा गर्ने सपनालाई साकार पार्न खोजिएको उहाँका जीवन साथि एवं प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले बताए ।

स्वास्थ्य शिविरमा महिलामा देखा पर्ने पाठेघरको मुखको क्यान्सरको निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविर संचालन भएको स्त्री रोग विशेषज्ञ डा. कृतिका थापाले बताइन् ।

निशुल्क स्वास्थ्य परिक्षणको क्रममा ११८ जना महिला दिदिबहिनीहरुले पाठेघरको मुखको क्यान्सर परिक्षण गराएर सेवा लिए । परिक्षण गरिएका मध्ये १३ जनामा पोजेटिभ केश देखिको छ भने १७ जनालाई रिफर गरिएको शिविरमा सहभागि प्रदेश अस्पतालमा कार्यरत नर्सिङ प्रमुख सकुन्तला सापकोटाले जानकारी दिइन् ।