सुर्खेत । नेकपा महासचिव विप्लवसीले क्रान्तिले ल्याएको उपलब्धिको रक्षाको निम्ति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई कुर्चिबाट संघर्ष गर्न आब्हान गरेका छन् ।
नेपाल राजनिति हिसाबले इतिहाँसकै गम्भिर मोडमा गएको भन्दै विप्लवले माओवादी आन्दोलनले ल्याएको परिवर्तनलाई साम्राज्यवादी शक्तिहरुले कमजोर बनाउन खोजिरहेकाले आफुहरु सडकमा लडिरहेको भन्दै प्रचण्डलाई सरकारी कुर्चिबाट लड्नको लागि आग्रह गरे ।
विहिवार सुर्खेतमा आयोजना गरिएको सामाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न सुर्खेत पुगेका उनले माआवादी जनयुद्वले स्थापित गरेको परिवर्तनलाई कसैले कमजोर बनाउन खोजे आफुहरु चुम लागेर नबस्ने बताए ।
नेपाली माथि दमन चलाउनेहरुका विरुद्व संघर्ष गर्नको लागि समाजवादी मोर्चाको जन्म भएको भन्दै उनले आजको संसदीय व्यवस्था रहेसम्म नेपालमा शान्ति सम्भव नरहेको औल्याए ।
‘आज जुन व्यवस्था स्थापित भएको त्यो व्यवस्था ल्याउनको लागि जनयुद्वका शहिद, घाइते योद्वाहरुको ठुलो योगदान छ, ‘उनले भने,’ ‘नेपालमा गणतन्त्र त आएको छ तर त्यो पुरा नभएका कारण आज सबै कम्युनिष्टहरु एक ठाउँमा हुनु पर्ने अवस्था आयो ।’
देश निर्माणको लागि क्रान्तिकारीको ध्यान नपुग्ने बित्तिकै देशलाइ उपनिबेश तिर लान खोज्ने शक्ति ब्युझिन लागेकाले आज माओवादीहरु असफल भएको हल्ला चलाउन थालिएको उनको तर्क थियो ।
प्रचण्ड नेतृत्वको सरकार जनताको सरकार भएको भन्दै विप्लवले प्रचण्डका विरुद्वमा हुने सडेन्त्र माओवादी विरुद्वको सडेन्त्र भएकोले सबै माओवादीहरु एक हुनुपर्ने बेला आएको समेत उनले उल्लेख गरे ।
झिल्को खबर । १४ भाद्र २०८०, बिहीबार २३:०१