प्रदेश अस्पताल सुर्खेतमा मुटुरोग विशेषज्ञ सेवा सुरु

सुर्खेत । प्रदेश अस्पताल सुर्खेत कालागाउँमा पछिल्लो समय एकपछि अर्को विशेषज्ञ सेवा थपिन थालेको छ ।

अस्पतालले केही महिना अघि सफल मृगौला प्रत्यारोपण गरे पश्चात केहि दिन अघिबाट मुटुरोग सम्बन्धी विशेषज्ञ सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ ।

अस्पतालका निर्देशक प्रा.डा डम्बर खड्काले मुटु रोग सम्बन्धि समस्या भएका विरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले मुटुरोग सम्बन्धि ओपिडी सेवाको सुरुवात गरिएको भिल्को खबरलाई जानकारी दिए ।

सुर्खेतमै मुटु रोगको विशेषज्ञ सेवा सुरू भएपछि अब उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास अस्पतालले लिएको छ।

मुटु रोग सबै उमेर समूहका मानिसमा लाग्ने डा.खड्कालले बताए ।

खड्काका अनुसार पछिल्लो समय मुटु रोगको समस्या बोकेर बसेका युवाको संख्या पनि निकै ठूलो छ। २५ बर्षभन्दा कम उमेरका तन्नेरीसमेत मुटु रोगको जोखिममा छन्।