सुर्खेत । प्रदेश अस्पताल सुर्खेत रेडियोलोजी विभागमा कार्यरत साधाना बिसीले आफ्नो गृह क्षेत्र जिल्ला अस्पताल बझाङ्गमा फलफुल वितरण गरी आफ्नो जन्म दिन मनाएकी छन् ।
गाडी दुर्घटनामा परी मृत्यु भएका सूदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह र उनको धर्म पत्नीको सम्झनामा आफुले आफ्नो जन्म दिनको अबसर पारी जिल्ला अस्पताल बझाङ्गमा फलफुल वितरण गरेको बिसीले जानकारी दिइन् ।
‘बझाङ्ग जिल्लाको स्वास्थ्य क्षेत्र सुधारको लागि स्वर्गिय पृथ्वी बहादुर सिंहले ठुलो भुमिका खेलेका कारण उहाँको सम्झनामा मैले जन्म दिनको अबसर पारी जन्म दिनमा हुन आउने खर्चबाट फलफुल वितरण गरेकी हुँ उनले भनिन्’
बिसीले आफ्नो जन्म दिनमा हुन आउने खर्च प्रत्येक बर्ष बिपन्न, असायको निम्ति खर्चिदै आएकी छन् । यो पटक जिल्ला अस्पताल बझाङ्गमामा फलफुल बितरण गरेकी हुन् ।
मष्टा गाउँपालिका ३ बझाङकी बिसी हाल प्रदेश अस्पताल सुर्खेत रेडियोलोजी बिभागमा कार्यरत छन् ।
झिल्को खबर । ३ आश्विन २०८०, बुधबार ०९:४२