कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले जनताबाट प्रत्यक्ष निर्वाचि राष्टप्रमुख आवश्यकभएको बताएका छन् । बुधबार सुर्खेतको राजधानी वीरेन्द्रनगरमा कचहरी प्रेस क्लब द्धारा आयोजित संविधान कार्यान्वयनमा कर्णालीः उपलब्धी र चुनौती बिषयक अन्तर संबाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
‘दिनै पिच्छे सरकार फेरीनुले विकास निमार्णका कामहरु भएनन् अब हाम्रो जस्तो मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचि राष्टप्रमुखचाहिएको छ मुख्यमन्त्री शर्माले भने,’ ‘त्यस्तो सरकारले आफु टिक्ने हुँकी हैन भन्ने भन्ने कुरालाई भन्दा विकास निमार्णको कामलाई प्राथामीकता दिन्छ र विकासको गति अगाडी बढ्छ ।’
कर्णाली साधन स्रोतको हिसाबले सम्पन्न छ तर कर्णालीलाई पछि पारीएको छ अब कर्णालीले क्षती पुर्ति सहितको बजेट पाउनु पर्छ भन्ने आवाज उठाउन जरुरी रहेको शर्माले बताए ।
उनले कर्णालीमा कसरी समाजबाद आउँछ भन्ने विषयमा बहस चाहिएको छ जसको लागि राजनितिक सम्मेलन गर्ने सेडुल आफुले तयारी गरी रहेको बताए । संघियता आइसके पछि,संबिधान जारी भैसकेपछि कर्णालीमा केही पनि भएको छैन भन्नु वाइजात कुरा हो । सबै कुराको विकास हुँन नसके पनि केही न केही कुराको विकास भएको छ । हामीले सोचलाई ब्यबहारमा परिवर्तन गर्न जरुरी छ ।
कर्णाली निमार्णको लागि सबैको सकारात्मक सोच र चिन्तन गर्न जरुरी छ त्यसैले सुर्खेतमा स्थापना भएको कचहरी प्रेस क्लब साँच्चीकै परिवर्तनको संगम बन्नपुगोस भन्ने मुख्यमन्त्री शर्माले शुभकामना दिए ।
झिल्को खबर । ३ आश्विन २०८०, बुधबार १८:०३