साहित्यकार बम सम्मानित

सुर्खेत । मध्यपश्चिमाञ्चल साहित्य परिषदद्वारा प्रदान गरिने इन्द्रमणी मानव स्मृति सम्मानद्वारा साहित्यकार मोतिराज बम सम्मानित भएका छन् ।

२०४० सालबाट साहित्य लेखन सुरु गरेका बमले २०५८ सालमा ‘म राएको दुई दिन’ पुस्तक पहिलो पटक प्रकाशित गरेका थिए । साहित्यकार बमका ०६७ र ०६८ मा एक्लै छ गाउँमा देउता, एक फुल तीन सुवास, कर्णालीको लोक जीवन लगायतका दर्जन बढि साहित्य र राजनिति पुस्तक प्रकाशित छन् ।

साहित्यसँगै राजनितिमा क्रियालशिल बम नेपाली काँग्रेसका चर्चित पुराना पाका नेताको रुपमा चिनिन्छन् । कालिकोट पचालझरना गाउँपालिका वडा नं. ४ का स्थानीय बासिन्दा हुन् ।