सुर्खेत । जुम्ला पातारासी गाउँपालिका ४ की ११ दिने सुत्केरी २२ बर्षीया मायालक्ष्मी महताराको धुवाँमा निस्सारिएर मृत्यु भएको छ ।
बच्चालाई आगो सेक्न बालेको कोइलाको धुवाँमा निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
धुवाँमा निस्सासिएका मृतक महताराकी बहिनी जुनमाया रोकया र ११ दिने बच्चाको अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घटना स्थलमा सुत्केरीलाई तताउन आगो बालेको पाइएको छ ।
झिल्को खबर । ८ श्रावण २०८१, मंगलवार ११:००