काठमाडौँ, सुदूरपश्चिमका सांसदहरुले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग गरेका छन्।उनीहरुले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएर निर्माणाधीन गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग गरेका हुन्।
‘गेटा मेडिकल कलेजलाई अब राष्ट्रिय चिकित्सा विश्वविद्यालय ९नेशनल मेडिकल युनिभर्सिटी० का रुपमा अगाडि बढाउनेतर्फ सरकारको ध्यान जानुपर्ने देखिन्छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसले सुदूरपश्चिमको स्वास्थ्य सेवामा ठूलो योगदान पुर्याउने छ।’
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल, अछामको बयलपाटा अस्पलात र डडेल्धुराको संघीय अस्पतालसँगै अन्य जिल्ला अस्पतालहरुलाई समेत विश्वविद्यालय अन्तर्गत आंगिक मेडिकल संस्थानका रुपमा सञ्चालन गर्न सके सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने ज्ञापनपत्रमा उल्लेख छ।
। ३० जेष्ठ २०७९, सोमबार १२:३३