रोमाञ्चक खेलमा लुम्बिनीविरुद्ध विराटनगर दुई विकेटले विजयी

नेपाल प्रिमियर लिगअन्तर्गत लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले रोमाञ्चक जित निकालेको छ।

लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले आठ विकेटको क्षतिमा मात्र एक बल बाँकी रहँदा पूरा गर्‍यो। लिगकै कीर्तिमानी लक्ष्य पछ्याउँदै विराटनगर किंग्सले तेस्रो खेलमा जित दर्ता गरेको हो।

कीर्तिपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले सात विकेटको क्षतिमा १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

लुम्बिनीको उच्च स्कोरमा कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रनको योगदान गरे। टम मोरिसले ३० रन जोड्दा विवेक यादवले अविजित १९, अर्जुन साउद १७ तथा आशुतोष घिरैया र साद विन जफरले समान १५ रन बनाए। यसैगरी, सन्दीप जोरा १२, बेन कटिङ ६ रन बनाएर पेभेलियन फर्किए।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, रोजेश पुलामी र इस्मत आलमले समान एक विकेट लिए ।

लुम्बिनीको उच्च स्कोर पछ्याउने क्रममा विराटनगरका लोकेश बमले सर्वाधिक ७१ रन जोडे। बसिर अहमदले ४० र मार्टिन गुप्टिलले २८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीको यो पहिलो खेल हो। यसअघि विराटनगर भने सुदूरपश्चिमसँग ९० रन तथा जनकपुरसँग आठ विकेटले पराजित भएको थियो।