
सुर्खेत । प्रदेश अस्पताल सुर्खेत कालागाउँमा दुरविन द्वारा पाठेघरको सल्याक्रिया सुरु भएको छ ।
केहि समय अगाडी वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. अमित सिंह सहितको टोलिले यो सेवा सुरु गरे पनि जनशक्ति अभावमा नियमित संचालन हुँन सकेको थिएन ।
पछिल्लो समय स्त्री रोग विशेषज्ञ डा. धर्मराज रेग्मीले भारतबाट दुरविन अर्थात् ल्याप्रोस्कोपी प्रविधिबारे तालिम लिएर आएपछि यो सेवा पुन नियमित संचालनमा आएको हो ।
‘यो भन्दा पहिला बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. अमित सिंहले पनि यो सेवा दिदै आउनु भएको थियो पछिल्लो समय मैले भारतबाट दुरविन अर्थात् ल्याप्रोस्कोपी विधिबारे तालिम लिएर आए अब यो सेवा नियमिति संचालनमा आएको छ, ‘प्रदेश अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. धर्मराज रेग्मीले भने,’ ‘अब प्रदेश अस्पताल कालागाउँमै हप्ताको दुई चोटी यसको सल्यक्रिया हुन्छ ।’
के हो ? दुरविन द्वारा पाठेघरको सल्याक्रिया
डा. रेग्मीका अनुसार पाठेघर फाल्ने, टयूमर, पानिका फोका, डल्ला आदी ल्याप्रोस्कोपी विधि अर्थात दुरविन द्वारा पाठेघरको सल्याक्रिया गरिनछ भने यस्तै बच्चा पाठेघरमा नबसेर नलिमा बसेको अबस्थामा उक्त नलि फुटि पेटमा रगत बगेको अबस्थामा (हेमोपेरिटोनियम) ल्याप्रोस्कोपी विधि अर्थात दुरविन द्वारा सल्यक्रिया गरिन्छ ।
पछिल्लो समय कर्णालीमा विशेषज्ञ चिकित्सक आउन नमानिरहेको अबस्थामा डा. धर्मराज रेग्मी भने आफुले कर्णालीमै जन्मेर कर्णालीको सेवा गर्न पाउनुमा भाग्यमानी भएको बताउछन् । ‘मैले चिकित्सा क्षेत्रमा विशेषज्ञता हासिल गरेको भनेको नै यहि क्षेत्रको सेवाको लागि हो, ‘डा.रेग्मी भन्छन्,’ ‘कर्णाली क्षेत्र बाहेक अन्य ठाउँमा जान मैले कल्पना समेत गरेको छैन ।’
झिल्को खबर । १९ मंसिर २०८१, बुधबार २१:४८