सुर्खेत । कार्कीगाँउ बाट कुदु तर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा कैलालीका २५ बर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुन हमालको मृत्यु भएको हो।
उनीहरुलाई उपचारका लागि अस्पतालमा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सूचना अधिकारी दिनेश तिमिल्सेनाले भिल्को खबरलाई जानकारी दिए ।
उक्त दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–८ का कमल चौधरी घाइते भएका छन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।
मृतक र घाइते सबै मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डअन्तर्गत स्याउलीबजारमा सडक स्तरोन्नतिको काम गरिरहेका थिए।
झिल्को खबर । २० मंसिर २०८१, बिहीबार ११:३९