रवि लामिछानेलाई चितवनबाट राती ३ बजे पोखरा लगियो

फाइल फोटो

काठमाडौँ । साहरा सहकारीको रकम गोर्खा मिडियामा आएको विषयमा बयानका लागि चितवन लगिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मध्यरातमानै पोखरा लगिएको छ ।

बुधबार राति ९ बजेमात्रै बयान सकिएको लामिछानेलाई राति ३ बजे पोखराका लागि हिडाइएको चितवन प्रहरीले जनाएको छ । बिहिबार विमान मार्फत लैजाने तयार भएपनि बुधबारको रास्वपाको प्रदर्शनले आत्तिएको प्रहरी प्रसासनले राति ३ बजेनै स्थलमार्ग हुँदै पोखरा लगेको स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

लामिछानेलाई समेत पूर्व जानकारी नगराई एक्कासी मध्येरातमा उठाएर पोखरा हिडाइएको जनाइएको छ । चितवन प्रहरीले भने लामिछानेलाई पर्सामा पनि पक्राउ पूर्जी जारी भएकाले आइतबार अदालतमा उपस्थित गराउनु पर्ने भएकाले पोखरा पठाइएको दाबी गरेको छ ।

तर विहिबारका लागि विमानको टिकट बुक गरिसकिएको लामिछानेलाई मध्यरातमा परिवारका सदस्यलाई समेत जानकारी नगराई हिडाउनु शंकास्पद भएको रास्वपा चितवनका नेताहरुले जनाएका छन् ।

बुधबार लामिछानेका पक्षमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ४८ जना रास्वपाका नेता कार्यकर्ता तथा २० जना प्रहरी घाइते भएका थिए । सोहि प्रदर्शनबाट आत्तिएको प्रहरीले लामिछानेलाई मध्यरातमा जोखिमपूर्ण तरिकाले पोखरा पुर्याएको उनीहरुको भनाई छ ।