एसओएस हर्मन माइनर विद्यालय सुर्खेतमा ट्यालेन्ट ‘सो’ प्रतियोगिता सम्पन्न

सुर्खेत । एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले ट्यालेन्ट ‘सो’ प्रतियोगिता सम्पन्न गरेको छ ।

शुक्रवार सम्पन्न भएको ट्यालेन्ट सो प्रतियोगितामा विद्यालयले जुनियर, इन्टर मिडियड र सिनियर गरी प्रत्यक समूहबाट ८÷८ जना गरी जम्मा २४ जना विद्यार्थीहरुलाई प्रतियोगिताको फाइनल राउण्डमा प्रतिस्पर्धा गराएको थियो ।

मिस एण्ड मास्टर एसओएस हर्मन माइनर स्कुल सुर्खेत २०२४ को उपाधिका लागि पहिलो अडिसन राउण्डमा ८० जना भन्दा बढि विद्यार्थीहरुले सहभागिता जनाएको र उनिहरुलाई प्रत्यक राउण्डबाट छनौट गर्दै फाइनल राउण्डको लागि छात्रा र छात्र गरी २४ जना छनौट भएको एसओएस हर्मन माइनर विद्यालय सुर्खेतकी शिक्षिका सुस्मिता गिरीले बताइन् ।

शिक्षिका गिरीका अनुसार तीन समुहबाट प्रतिस्पर्धा गर्दै छनौट भएका २४ जना विद्यार्थीहरु छात्रा र छात्र समूहबाट एक÷एक जनाले ‘मिस एण्ड मास्टर एसओएस हर्मन माइनर स्कुल सुर्खेत २०२४’ को उपाधि जितेका हुन् ।

‘मिस एण्ड मास्टर एसओएस हर्मन माइनर स्कुल सुर्खेत २०२४’ छनौटको लागि गोविन्द कोइराला,सिमा चन्द कृति गुभाजु शाक्य रहेको मुल्याङ्कन समितिले छनौट गरेको थियो । विद्यार्थीहरुलाई छनौट गर्दा विद्यार्थीहरुमा भएको प्रतिभा, व्यक्तित्व, अनुशासन र उनिहरुको प्रस्तुति दिने सैलीलाई मुल्याङ्कन गरी प्रत्येक विधाबाट छात्रा र छात्रलाई उपाधिका लागि छनौट गरिएको थियो ।

‘मिस एण्ड मास्टर एसओएस हर्मन माइनर स्कुल सुर्खेत २०२४’को उपाधि सिनियर छात्रातर्फ विरिन्द्रा सिंह र छात्रतर्फ अविशेक गौतम, इन्टर मिडियड छात्रातर्फ प्राप्ती खत्री र छात्रतर्फ मुकुन्द केसी र जुनियर छात्रातर्फ इक्षिता नेपाली र छात्रतर्फ केभिन ढकालले उपाधि जित्न सफल भए ।

‘मिस एण्ड मास्टर एसओएस हर्मन माइनर स्कुल सुर्खेत २०२४’को अन्य विधाहरुमा २४ जना मध्य एक÷एक जना छनौट भएका छन् । वेस्ट क्याट् वाक्मा कविराज सेजुवाल,प्रदिप्ती आचार्य, वेस्ट ट्यालेन्टमा अजिता बुढाथोकी, वेस्ट डिसिपेलेनमा डाइमण्ड चन्द र वेस्ट प्रशनालिटीमा आर्य कडेल रहेका छन् ।

कार्यक्रममा एसओएस बाल ग्राम सुर्खेतका निर्देशक गोपल प्रसाद घिमिरेले विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि यस्ता कार्यक्रमहरुले धेरै सहयोग पुग्ने भएकाले विद्यार्थीहरुले पनि अनुसासित भएर प्रतियोगितामा भाग लिनु पर्ने बताए ।