सुर्खेत । पछिल्लो समयकी चर्चित लोक दोहोरी तथा देउडा गायकीका इब्सल संज्यालको साइली बजारमा आएको छ ।
पशुपती शर्मा र इब्सलको स्वर रहेको उक्त लोक गीतको मेलोडी भने प्रदिप अधिकारीको रहेको छ । धेरै म्युजिक भिडियो तथा फिल्म निर्देशन गरिसकेका निर्देशक खगेन्द्र प्रसाद न्यौपानेले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अभिनय भने जीवन कुमार ज्ञावली,लक्ष्मी सुनार,गौरब शाही ठकुरीको रहेको छ । इब्सलको आफ्नै आधिकारीक युटुब च्यानल इब्सल अफिसियल युटुब च्यानलबाट ३ दिन अगाडी सार्वजनिक भएको उक्त गीत भने १ लाख ३४ हजार बडिले हेरिसकेका छन् ।
लाइभ दाहोरीबाट चर्चामा आएकी गायीका इब्सलले सयौ गीतमा स्वर दिइसकेकी छन् । उनि गायक क्षेत्रमा मात्र नभएर अभिनय र मोडलिङ्गमा पनि उक्तकी पछिल्लो समय स्थापित छन् । कर्णाली प्रदेशको कालिकोट जिल्ला पचालझरना गाउँपालिकाबाट कुनै बेला कलाकारिता क्षेत्रमा भविश्य खोज्दै राजधानी काठमाडौं पसेकी इब्सल अहिले पछिल्लो समय सबैभन्दा व्यस्त गायीका मध्येमा पर्छन् ।
उनले स्वर दिएका सयौ गीतहरु अहिले बजारमा चर्चाको शिखरमा छन् । आफ्नै गीतहरु हुन् वा अन्य गीतहरु हुन् इब्सलको स्वरमा रहेका गीतहरु निकै चर्चामा छन् । इब्सल लोक तथा दोहोरी, देउडा, तामाङ सेलो, टम्पा, पूर्वेली गीतहरुमा पनि उक्तिकै स्थापित गायीकाको रुपमा परिचित छन् ।
पछिल्लो समयका मेला महोत्सवमा भने इब्सलको पूर्व देखि पश्चिमसम्म उक्तिकै माग बढिरहेको छ ।
यस्तो छ इब्सलको पछिल्लो समय बजारमा आएको साइली गीतको भिडियो ।
झिल्को खबर । २१ पुष २०८१, आईतवार ०६:२०