भूकम्प अपडेटः मृतकको संख्या ५३ पुग्यो

सुर्खेत । तिब्बतको सिगात्सेमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पमा ६२ जना घाइते भएका छन्। उनीहरूले स्थानीय समयअनुसार ९ बजेर ५ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेका छन् ।

भूकम्पका कारण त्यहाँ ठूलो क्षति हुन सक्ने आशंका गरिएको छ। क्षतिको विवरण संकलन जारी छ। उक्त भूकम्पको धक्का नेपालको राजधानी काठमाडौँसहित उत्तर भारत, बंगलादेश, भुटानमा समेत महसुस गरिएको थियो।

अन्य देशहरूमा पुगेको क्षतीको विवरण भने सार्वजनिक भइसकेको छैन ।