काठमाडौँ जिल्ला अदालतको आदेशपछि रिहा भए रवि लामिछाने

फाइल तस्विर ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् ।

उनी काठमाडौँ जिल्ला अदालतले तोकेको ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

६० लाख रुपैयाँको बैंक ग्यारेन्टी पेश गरेर लामिछाने रिहा भएका हुन् ।