अमेरिकाको राष्ट्रपतिमा ट्रम्पले लिए सपथ, मेक्सिको सीमा बन्द गर्ने तयारी


अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएका छन्। ह्वाइस हाउसमा बाइबास हातमा लिएर उनले सपथ लिएका हुन्।

एउटा आमाले दिएको र अर्काे ह्वाइट हाउटमा रहेका बाइबलमा लिएर उनले सपथ लिएका हुन्।

सपथपछिको भाषणमा उनले अमेरिकामा स्वर्णिय युग सुरु भइसकेको बताए ।

ट्रम्पले सोमबार नै विभिन्न कार्यकारी आदेश जारी गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । मेक्सिकोसँगको सीमामा आपत्काल लगाएर बन्द गराउने उनको तयारी छ ।

दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेका ट्रम्पले आन्तरिकदेखि विदेशनीतिमा व्यापक हेरफेरको तयारी गरेका छन्।