सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले अहिले सरकार प्रति कुनै रुचि नदेखाएको बताएका छन् ।
विहिवार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले पछिल्लो समय आफ्नो पार्टी सरकार भन्दा जनता तिर बढि केन्द्रित भएकाले अहिले सरकार प्रति कुनै अभिरुचि नभएको बताएका हुन् ।
अहिले देशको राजनिति त्यति सहज नभएको भन्दै अध्यक्ष प्रचण्डले सरकारले अध्यादेश मार्फत शासन गर्न खाजेको आरोप लगाए । ‘सरकारले पछिल्लो समय संसदमा छलफल भइराखेको विषयलाई प्रक्रियामा नटुङ्ग्याएर अध्यादेश मार्फत जसरी काम गर्न खोजिरहेको छ त्यो अलोकतान्त्रिक छ,’ ‘उनले भने,’ ‘जुन निर्णय मन्त्रीपरिषदको बैठकबाट समेत गर्न मिल्दैन ।’
अध्यक्ष प्रचण्डले यो सरकारको जन्म अवैधानिक र अप्राकृतिक तरिकाले भएको हुँनाले आफुले सरकार छोड्दा जे भनेको थिए आज सरकारले त्यहि काम गरिरहेको आरोप लगाए । भ्रष्टचारीहरुलाई जोगाउने राम्रो काम गर्ने कर्मचारीहरुलाई हटाउने काममा सरकार लागि रहेको उनको आरोप छ ।
यो सरकार ढाल्नको लागि आफु नलागेको भन्दै उनले यो सरकार आफै ढल्ने बताए ।
विवशकुमार सेजुवाल । १० माघ २०८१, बिहीबार १४:४०