सांसद उर्मिला विश्वकर्माले संसदमा झुट बोलिन्

सुर्खेत । नेकपा (माओवादी केन्द्र)को तर्फबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले कर्णाली प्रदेश सभाको बैठकमा झुट बोलेकी छन् ।

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाचौं अधिवेशनको तेस्रो बैठकमा सांसद विश्वकर्माले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’चडेको जहाज नेपालगन्ज जानु पर्नेमा मौसम खराबीका कारण सुर्खेत अबतरण गरेको बताएकी थिइन् ।

उक्त जहाज मौसम खराबीको कारण नभई सुर्खेतको नियमित उडान मार्फत पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत अबतरण भएको सुर्खेत विमानस्थलले जनाएको छ ।

विहिवार पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाँके नेपालगंन्जको कार्यक्रममा सहभागि हुन सुर्खेतको नियमित उडान मार्फत सुर्खेत अबतरण भएका थिए ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रचण्ड चढेको जहाज मौसम खराबीका कारण नभई सुर्खेतको नियमित उडान मार्फत प्रचण्ड सुर्खेत अबतरण भएको बताइन् ।

‘नेपालगन्जमा केहि दिन यता मौसम खराब भएका कारण विहानको फ्लाइट भएको थिएन अध्यक्ष कमरेडको नेपालगन्जमा कार्यक्रम थियो त्यसको लागि सुर्खेतको नियमित उडान मार्फत सुर्खेतमा अबतरण भयर नेपालगन्ज जाने पूर्व निर्धारित कार्यक्रम अनुसार नै अध्यक्ष कमरेड आउनु भएको हो अध्यक्ष केसीले भनिन् ।’