पचालझरना गाउँपालिका केन्द्र पडेक्षामा मितेरी पार्कको शिल्यान्यास

मितेरी पार्कको संयुक्त रुपमा शिल्यान्यास गर्दै अध्यक्ष शाही र उपाध्यक्ष बम

सुर्खेत । कालिकोट पचालझरना गाउँपालिका केन्द्र पडेक्षामा मितेरी पार्कको शिल्यान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष देवराज शााही र पालिका उपाध्यक्ष अल्किना बमले पार्कको संयुक्त रुपमा शिल्यान्यास गरेका छन् ।

मितेरी पार्क निर्माण गर्न मकवानपुर हेटौडा उपमहानगरपालिका रु.१० लाख र कालिकोट पचालझरना गाउँपालिकाले रु.१० लाख गरी जम्मा रु.२० लाखको लागतमा पार्क निर्माण गर्न लागिएको गाउँपालिकाका सूचना अधिकारी प्रकाश कठायतले जानकारी दिए ।

कालिकोट पचालझरना गाउँपालिका र मकवानपुर हेटौडा उपमहानगरपालिकाबीच वि.सं. २०८० चैत्र २६ गते गाउँपालिका अध्यक्ष देवराज शाही र हेटौडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाकोबीच भगिनि सम्बन्धमा हस्ताक्षर भएको थियो ।

भगिनि सम्बन्धको बुदा नं.६ मा उल्लेख भए बमोजिम पचालझरना गाउँपालिका र हेटौडा उपमहानगरपालिकाले मितेरी मिलन पार्क निर्माण गर्न (१०÷१०) लाख लगानी गर्ने सम्झौतामा उल्लेख छ । उक्त सम्झौता अनुसार नै विहिवार पार्कको शिल्यान्यास गरिएको गाउँपालिकाले जनाएको छ ।

मितेरी पार्क निर्माणको काम सम्पन्न पश्चात मकवानपुर हेटौडा उपमहानगरपालिका प्रमुख र पचालझरना गाउँपालिका अध्यक्षको संयुक्त उपस्थितिमा उद्घाटन गरिने छ ।

शिल्यान्यास कार्यक्रममा पालिका जनप्रतिनिधि, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर बम लगायतको उपस्थिति रहेको थियो ।