सुर्खेत । कर्णाली प्रदेशका ६ स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेका ६ अधिकृतको जिम्मेवारी खोसिएको छ । संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै १ नगरपालिका र ५ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारीबाट हटाएको हो।
जिम्मेवारी खोसिएका अधिकृतहरुमा हुम्ला सिमकोट गाउँपालिकामा कार्यरत अधिकृत सातौ उजिर रोकाया, दानचुलि गाउँपालिकामा कार्यरत अधिकृत छैटौ हंस महतारा, ताँजाकोट गाउँपालिमा कार्यरत अधिकृत छैटौ राजेन्द्र स्याड्डु रहेका छन् ।
यस्तै मुगु खत्याड गाउँपालिकामा कार्यरत अधिकृत छैटौ बासुदेव कार्की, सोरु गाउँपालिकामा कार्यरत अधिकृत छैटौ तिर्थराज शाही र जाजरकोट छेडागाड नगरपालिकामा कार्यरत अधिकृत छैटौ गंग बहादुर रोकायाको जिम्मेवारी खोसिएको छ ।
मन्त्रालयले ९ माघमा गरेको निर्णयअनुसार पालिकामा निमित्त भएर कामकाज गर्दै आइरहेका अधिकृतहरू आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको जनाएको छ।
पछिल्लो समयमा स्थानीय तहका प्रमुखहरूकै सिफारिसमा पालिकामा कार्यरत विभिन्न शाखाका प्रमुखहरूले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए।
विवशकुमार सेजुवाल । ११ माघ २०८१, शुक्रबार ०७:४५