अखिल क्रान्तिकारीको निर्वाचनः कर्णालीमा जनार्दन भर्सेस् महेन्द्र

सुर्खेत । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत भावि केन्द्रीय नेतृत्वको लागि १२ माघ शनिवार भएको निर्वाचनको अन्तिम मत परिणामको नतिजा आउने तयारीमा रहेको छ ।

विद्यार्थी राजनितिले गर्दा नेकपा (माओवादी केन्द्र) भित्र विभिन्न गुट समूहहरु देखा परे पनि कर्णालीमा भने जनार्दन समूह भर्सेस महेन्द्र हेटक्वाटरलाईन बीच कडा प्रतिसपर्धा भएको छ । जनार्दन शर्मा समूहले अखिल क्रान्तिकारीको भावि नेतृत्वको लागि पार्टी हेडक्वार प्रचण्डले बनाएका उम्मेदवार विजय प्रकाश शर्मा सापकोटाको विरुद्व केन्द्रीय अध्यक्ष हेमन्त राईको नेतृत्वमा पुरै प्यानल नै प्रतिसपर्धामा उतारेको छ ।
शनिवार सम्पन्न भएको निर्वाचनमा कर्णाली प्रदेशबाट जम्मा १८५ मत मात्र खस्यो । जस मध्ये जनार्दन शर्मा प्यानलका अध्यक्ष उम्मेदवार हेमन्त किराँतीले ८२ मत प्राप्त गरे भने पार्टी हेड्क्वाटर लाईन अर्थात महेन्द्र बहादुर शाही प्यानलका उम्मेदावर विजय प्रकाश शर्मा सापकोटाले ८० मत प्राप्त गरेका छन् ।

पार्टी उपमहासचिव समेत रहेका नेता शर्माले अखिल क्रान्तिकारीको निर्वाचनमा आफ्नो छुट्टै समूह घोषणा गरे पश्चात निवर्तमान अध्यक्ष पंचा सिंङले समेत शर्मा लाइन छोडेर पार्टी हेड्क्वाटर लाइनलाई सहयोग गर्दै आएको उनि निकट विद्यार्थी नेताहरुले बताउने गरेका छन् ।
माओवादी स्रोतका अनुसार अरु उम्मेदवारहरुको हकमा अध्यक्ष प्रचण्डले केहि नबोले पनि जनार्दन शर्मालाई यो पटको लागि विजय प्रकाश शर्मा सापकोटालाई अध्यक्ष बन्न दिन आग्रह गरे पनि शर्माले उनका विरुद्व हेमन्त राईलाई प्रतिपर्धिको रुपमा अगाडी सारेका हुन् ।

कर्णालीमा समेत शर्माले जिल्ला पार्टी अध्यक्ष,इन्चार्ज र विभिन्न नेताहरुलाई फोन गरी आफ्नो प्यानलको उम्मेदवारलाई जिताउनको लागि सहयोग गर्न अपिल गरेका थिए भने यता पार्टी हेड्क्वाटरको आधिकारिक उम्मेदवारलाई जिताउनको लागि नेता महेन्द्र बहादुर शाहीले ठुलो भूमिका खेलेको एक विद्यार्थी नेताले बताए ।

‘यो भन्दा अगाडी उहाँ कमरेड प्रभाकर ‘जनार्दन’शर्मा विरुद्व कसैले पनि बोल्ने हिक्मत गर्दैन थिए यो पटक कमरेड महेन्द्रले अध्यक्ष कमरेड प्रचण्डको आदेशलाई कार्यन्वयन गर्न ठुलो भुमिका खेलेका कारण उहाँको प्यानलको उम्मेदवारले २ मत मात्र बढि लिनु भयो नत्र यहाँ त प्रभाकर कमरेडले जे भन्यो त्यहि हुँने यो प्रदेश हो ती नेताले भने, ‘अहिले सम्म हेडक्वाटरको आदेश पालना गर्ने भएको हुँनाले अरुले अन्य लाइन खडा गरेर यो पार्टीमा आउन जरुरी नै छैन नी ।’

तर यता नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल र अध्यक्ष विमला केसीले खुलेर कसैलाई पनि सहयोग नगरेको एक नेताले गुनासो गरे । ‘उहाँ कमरेड इन्चार्ज मल्ल र अध्यक्ष कमरेड केसीले न त उपमहासचिव शर्माको टिमलाई सहयोग गर्नु भयो न त यता पार्टी हेडक्वाटरको टिमलाई सहयोग गर्नु भयो भित्र भित्र के गर्नु भयो थाहा भएन । नेता महेन्द्र बहादुर शाही प्यानल अर्थात पार्टी हेडक्वाटर प्यानलबाट चुनावको लागि प्रतिपर्धा गरिरहेका एक उम्मेदवारले भने ।’

चुनावबाट नेतृत्व छनौट हुनु राम्रो भए पनि पार्टी भित्र गुट उपगुटले पार्टीको आन्तरिक जीवनमा कहि न कहि असर गर्ने राजनिति विश्लेषक पिताम्वर ढकालको बुझाइ छ । विश्लेषक ढकालका अनुसार अहिले माओवादी केन्द्र निकट विद्यार्थी संगठनको चुनावले कर्णाली प्रदेश माओवादी पार्टी भित्र नयाँ राजनिति गुट जन्मिनुले यो पार्टीमा नयाँ युवा नेताहरुले पनि केहि गर्न सक्छन् भन्ने उदाहारण भएको बताए ।

‘जनार्दन शर्माको पार्टी नेतृत्वसम्म पुग्ने लक्ष्य होला यता महेन्द्र बहादुर शाहीको पनि पछिल्लो समयमा कर्णालीमा राम्रो प्रभाव भएकाले यसले पार्टीमा सामान्य तया विवाद हुनु र गुट उपगुटमा देखिनु खासै अनौठो हुँदैन विश्लेष ढकाल भन्छन्, ‘उहाँ मेहन्द्र बहादुर शाही पनि कर्णाली प्रदेशको मुख्यमन्त्री हुने बेला राम्रै काम गरेको नेता हो । त्यो भएर प्रचण्डले उहाँलाई विश्वास गरेको हुन सक्छ । ’