सल्यानमा मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु

सल्यानमा मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु भएको छ।

कुमाख गाउँपालिका ७ हिलेका २६ वर्षीय गोपाल डाँगीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार बेलुकी पौने ८ बजेतिर रा ७ प ४५५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

मोटरसाइकल दार्मा गाउँपालिका वड नम्बर ४ मौलाहाल्ने बजार नजिकैको सडकबाट तल खसेको थियो।
दुर्घटनामा घाइते भएका डाँगीको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा बेलुकी साढे ९ बजेतिर मृत्यु भएको प्रहरी प्रवक्ता बाबुराम बस्नेतले बताए।

शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ।