
सुर्खेत । प्रेस सेन्टर नेपाल जुम्ला शाखाले विभिन्न कार्यक्रम गरि २१ औं स्थापना दिवस मनाएको छ । जिल्ला समिति जुम्लाले प्रेस सेन्टर जुम्लाका सस्थापक तथा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका संस्थापक सहसचिव स्वर्गिय पत्रकार पदमराज देवकोटाको घरमा कार्यक्रम गरि आफ्नो २१ औं स्थापना दिवस मनाएको छ ।
२१ औ स्थापना दिवसको अवसरमा पदमराज देवकोटा स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुरमा कार्यरत पत्रकार धनबहादुर वुढा (डिवि) पुरस्कृत भएका छन् । नेकपा (माओवादी केन्द्र) जुम्लाका जिल्ला संयोजक नवराज न्यौपानले प्रमाणपत्र र नगद राशी रु पाँच हजारले पुरस्कृत गरेका छन् । यसैगरी सहिद देवकोटाका आमा विष्णुमाया देवकोटालाई पछ्यौरााले सम्मान समेत गरिएको छ ।
प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका संयोजक नवराज न्यौपानेले प्रेस सेन्टरको कलम शशक्त रुपमा थप अगाडि बढाउन शुभकामना दिदै सहिद पदमराज देवकोटा सहितका परिवर्तनका लागि ज्यान दिने सहिदहरुको सधै सम्मान गर्ने दायित्व सवैको भएको बताउदै आजको विशेष कार्यक्रमका लागि प्रेस सेन्टर जुम्लालाई धन्यवाद दिए ।
दिवसको अवसरमा प्रेस सेन्टर जुम्लाका अध्यक्ष दिलमाया शाहीले प्रेस सेन्टर जस्तो गौरवशाली संगठनलाई थप शशक्त बनाउन सवैको सहयोग आवश्यक रहेको बताइन् । अध्यक्ष शाहीले पार्टी भित्र पनि राम्रो र नराम्रो छुट्याउने गरि प्रेस सेन्टरको कलम शशक्त हुन आवश्यक भएको बताउँदै उनले पत्रकारिता पुरस्कारलाई आगामी दिनमा थप बढाउने लागि पर्ने बताइन् ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ शाखा जुम्लाका पूर्व अध्यक्ष नेत्रबहादुर शाहीले प्रेस सेन्टरको ईतिहास संघर्ष बाट शुरुभएको बताउदै जुम्लामा लामो समय देखी प्रेस सेन्टरले गरिरहेको जुम्ली पत्रकारिता क्षेत्रको लगाब आम नागरिकलाई जानकारी भएको बताए । उनले देशभर प्रेस सेन्टरले स्थापना दिवस मनाएको जानकारी दिदै जुम्लामा स्वर्गिय पदमराज देवकोटाको स्मृतिमा पत्रकारिता पुरस्कार शुरु गरेकोमा धन्यवाद तथा पुस्कार पाउने क्रियाशिल पत्रकार डिवि वुढालाई वधाई दिए । स्थापना दिवसको अवसरमा प्रेस सेन्टरका पदाधिकारी, सदस्यहरु र सुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।
झिल्को खबर । १५ माघ २०८१, मंगलवार २०:३६