विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्दै पचालझरना

सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकाले पालिका भित्रका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

गाउँपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत महिला तथा बालिबालिका शाखाले उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरेको गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिइन् ।

वडा नं. ४ बाट सुरु भएको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अल्किना बमले पालिकाको तर्फबाट सहयोग हस्तान्तरण गरेकी छन् ।

शैक्षिक सामाग्री हस्तान्तरण पश्चात उपाध्यक्ष  बमले वडा नं. १ देखि ९ वडा सम्मका अपाङ्ग दलित गरिबीको रेखामुनि रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको बताइन् ।

उपाध्यक्ष बमका अनुसार यो शैक्षिक सामाग्री पालिका भरि २०० जना छात्रा,छात्रले पाउने छन् भने यो सहयोगले बालबालिकाको पढाइमा थप उर्जा थपिनुका साथै यो अभियानले बालबालिकालाई खुसी बनाएको छ ।

विद्यार्थीहरुलाई दिएकाके सहयोग सामाग्रीमा झोला, एक दर्जन कापी, र एक दर्जन डटपेन रहेको छ ।