सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा एकजना मृत अवस्थामा फेला परेका छन् जुनीचाँदे गाउँपालिका–६ मैप बस्ने ३१ वर्षीय रामबहादुर शाही मृत अवस्थामा फेला परेका हुन् । शाही माघ १७ गते उनी जुनिचाँदे गाउँपालिका–५ स्थित शिवपुरी माध्यामिक विद्यालयमा भइरहेको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हेर्न गएका थिए ।
खेलकुद कार्यक्रम हेरेर फर्किने क्रममा काहाँरे खोलामा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । शुक्रवार इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्णबहादुर रानाको टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप टोली खटिएको थियो । घटनास्थलमा रगतजस्तो देखिने रातो पदार्थ भेटिएको र उनको टाउको र कानमा चोट लागेको देखिएको छ ।
घटनास्थलको अवस्था हेर्दा शाहीको कुटपिटबाट मृत्यु भएको भन्दै प्रहरीले १ महिला र ६ पुरुषसहित ७ जनालाई पक्राउ डिएसपी पाण्डेले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान प्रहरीले जनाएको छ ।
"
झिल्को खबर । १९ माघ २०८१, शनिबार २०:३४