नयाँ ठाउँमा बसाई सर्दै राउटे समुदाय

तस्बिरः विवशकुमार सेजुवाल

सुर्खेत । जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदाय नयाँ ठाउँमा बस्ती सर्न लागेका छन् ।

सुर्खेत वीरेन्द्रनर नगरपालिका वडा नं. २ गिरिघाट खोलामा बस्दै आएका राउटे समुदाय बराहताल गाउँपालिका वडा नं. २ गिरिघाट जुम्ला रोड नजिक सर्न लागेका हुन् ।

ढाई महिना देखि बस्दै आएको ठाउँमा सामाग्री बनाउन काठ पाउन छोडेपछि बस्ती सर्न लागेको मुखिया सुरे नायराण शाहीले जानकारी दिए ।
लोपोन्मुक अबस्थामा रहेको राउटे समुदायमा अहिले ३९ घरधुरीमा १३६ जना रहेका छन् ।