मञ्चमा नेताहरूको दोहोरी बन्द गर्दै कोठाभित्रै बहस गर्नुप¥योः उपसभापति खड्का

’अन्तरघातले प्रदेशका ४० र संघका ३० सिट गुमायौं, यो कांग्रेसको महारोग हो’

फाइल तस्विर ।

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेताहरूले मञ्चमा सवालजवाफका रूपमा दोहोरी गर्न नहुने बताएका छन्।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र पार्टी गण्डकी प्रदेशको व्यवस्थापनमा सोमबार पोखरामा प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुखलाई आयोजित अभिमुखीकरणमा बोल्दै उपसभापति खड्काले एकताको सन्देश दिनुपर्नेमा जोड दिएका हुन्।

‘मञ्चमा कांग्रेसका नेताहरूले आपसमा दोहरी बन्द गर्नुप¥यो, कुनै पनि नेतालाई प्रश्न गर्दै मञ्चमा भाषण गर्दै हिँड्न भएन,’ उनले भने, ‘मञ्चमा एकता, केही समस्या छन् भने कोठाभित्र बहस गर्नुपर्छ। म त यसका लागि तयार छु।’

उनले २०८१, ०८३ र ०८३ का अभियान पार्टीले सञ्चालन गरेमा ०८४ को आमचुनावमा एक्लै बहुमत आउने पनि बताए।

‘तीन वर्षे अभियान सफल भएपछि स्थानीय, प्रदेश र संघीय चुनावमा एक्लै बहुमत आउँछ,’ उनले भने, ‘बहुमत आउन रोक्यो भने वर्षौंदेखिको अन्तरघात अपराधले रोक्छ।’

अन्तरघात कांग्रेसको महारोग भएको उनको भनाइ छ। गएको चुनावमा प्रदेशका ४० ठाउँमा र संघका ३० ठाउँमा अन्तरघातकै कारण पार्टी उम्मेदवार हारेको खड्काको भनाइ छ।