सुर्खेतमा ‘ग्याङ फाइट’ : खुकुरी प्रहार हुँदा दुईजना घाइते

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचोक नजिकै ‘ग्याङ फाइट’ भएको छ । सोमबार भएको ‘ग्याङ फाइट’मा दुईजना घाइते भएका छन् ।
जसमा वीरेन्द्रनगर नगरपालिका–३ तातापानीका प्रकाश बुढा, मिलन रावत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिए ।
उनका अनुसार दिपकजंग बुढा लगायतको टोलीले प्रकाशमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट प्रकाश घाइते हुनुका साथै दिपकजंग पक्षका मिलन पनि घाइते भएको उनले बताए । घाइतेहरूको उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ ।
दिपकजंग लगायतलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको डाँगीले बताए ।