जाजरकोटमा टिप्पर दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

जाजरकोट । जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज (मंगलवार) बिहान मध्यपहाडी राजमार्ग अन्र्तगत छेडागाड नगरपालिका–११ मा भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटना हुँदा एकजनाको मुत्यु भएको हो । अन्य दुई जना घाइते भएका छन् । मृतकको पहिचान भने खुल्ल नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

मृतक मध्यपहाडी राजमार्ग निर्माणको जिम्मा लिएको शुरुकृति कम्पनीको ट्याक्टर चलाउँदै आएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार टिप्पर आरोलामा आउँदै गर्दा ब्रेक नलागेर भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार उक्त टिप्परमा अर्का ट्याक्टर चालक पनि चढेर आएका थिए उनै ट्याक्टर चालकको मुत्यु भएको हो । अर्का टिप्पर चालक र सहचालक भने घाइते भएका छन् । सहचालकको अवस्था गम्भीर रहेको छ । उनीहरूको थलहस्थित छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।