सुर्खेत । प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा मुना हमाल चयन भएकी छन् । सातौं जिल्ला अधिवेशनबाट हमाल निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन् ।
नवगठित कार्यसमितिमा उपाध्यक्ष खुलातर्फ दिनेशकुमार बुढा र महिलातर्फ चन्द्रा कँडेल चयन भए । यस्तै सचिवमा रजनी योगी, सहसचिवमा कुलेन्द्र शाही र कोषाध्यक्षमा तेजबहादुर रोकाया चयन भए ।
सदस्यहरूमा कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, विनोद घिमिरे, विक्रमकुमार विश्वकर्मा र चन्द्रबहादुर वली रहेका छन् ।
झिल्को खबर । २३ माघ २०८१, बुधबार २१:१९