सुर्खेत । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट भएको छ। आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जनाको अवस्था सामान्य रहेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म.म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो। घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेका छन ।
घाइते हुनेहरुमा उदयपुर घर भएका प्रजित लामा, धनबहादुर तामाङ, संयोग मगर, नविन मगर, यसकुमार घले, बिरस मगर, काभ्रेका छिरिङ लामा, ललितपुरका आयुश मगर, मोरङका मनिष पोखरेल, चितवनका रोशन लामा, हेटौडाका सुविन राई रहेका छन् । घाइतेमध्ये विरस मगर र संजोग मगरको अवस्था गम्भीर रहेको छ । घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ ।
झिल्को खबर । २४ माघ २०८१, बिहीबार ११:३७