सदनको कार्यसूचीबाट हट्यो अध्यादेश

सरकारले गृहकार्य नपुगेको भन्दै अध्यादेश स्वीकृत गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची हटाइएको हो।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा आज बिहीबार सरकारले ल्याएका ६ वटा विधेयक स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची थियो।

त्यसअघि विपक्षीबाट ६६ वटा अस्वीकार प्रस्तावमा छलफल गर्ने कार्यसूची थियो। अब संसदको अर्को बैठकमा अध्यादेश पेश गरिने संसद सचिवालयले जनाएको छ।