पुराना गल्तीको प्रमाण नष्ट गर्न ओली नेतृत्वको सरकार क्रियाशिल छः नेता शाही

महेन्द्र बहादुर शाही फाइल फोटो

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का प्रभावसाली युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले ओली नेतृत्वको सरकार आफुले गरेका पुराना गल्तीका प्रमाण नष्ट गर्न लागि परेको आरोप लगाएका छन् ।

पछिल्लो समय ओली नेतृत्वको सरकारले संसदलाई छलेर ल्याएको अध्यादेश पनि त्यसको पूर्ण रुपमा भएको भन्दै नेता शाहीले यो सरकारको उदेश्य के हो ? भन्ने कुरा झन स्पष्ट भएको बताए ।

आइतवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै नेता शाहीले संसदीय व्यवस्थामा दुई ठुला पार्टी मिलेर सत्ता संचालन गर्ने चलन नभएको भन्दै उनले अन्तर्राष्ट्रिय परम्परा विपरित नेपालका दलालहरुको उदेश्य पुरा गर्न एमाले,काँग्रेस सत्ता समिकरण बनेको बताए ।

‘संसदीय व्यवस्थामा दुई ठुला पार्टी एकै पटक सत्तामा गएको चलन छैन तर नेपालमा यी पार्टीहरुले आफ्नो गल्ती ढाकछोप गर्ने र नेपालका दलालहरुलाई खुसी पार्न सत्तामा बसिरहेका छन्,‘नेता शाहीले भने,’ ‘एक ठुलो पार्टी सत्तामा भए अर्को पार्टी व्यवस्था बलियो बनाउन पनि प्रतिपक्षमा बस्ने प्रचलन छ तर यी दुई दलहरुले आफ्नो स्वास्र्थ पुरा गर्न त्यसको ठिक उल्टो विपरित काम गरेका छन् ।’