सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको बार्षिक मुखपत्र समाजवादी यात्रा माथि आइतवार विमर्श गरिएको छ ।
वीरेन्द्रनगर सुर्खेतमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका नेताहरुले उक्त मुखपत्र माथि आफ्नो धारणा राखेका थिए ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले उक्त मुखपत्र माथि आफ्नो धारणा राख्दै पछिल्लो समयमा पार्टी भित्र विचार हराउदै गएकाले यो मुखपत्र पार्टी नेता कार्यकर्ताहरुको लागि बैचारिक खुराक बनेको बताइन् । अध्यक्ष केसीले नेपालको संविधानको प्रस्तावनामै समाजवाद उल्लेख गरेको हुँनाले आफ्नो पार्टीको योगदानका कारण संविधानको प्रस्तावनामा समाजबाद उल्लेख गर्न सफल भएको भन्दै माओवादी केन्द्र कर्णाली प्रदेशले पनि आफ्नो वार्षिक मुखपत्र समाजवादी यात्रा नामबाट प्रकाशन गरेको उल्लेख गरिन् ।
मुखपत्र प्रकाशनमा समेटिएका विषय वस्तु पार्टीले लिएको कार्यदिशासँग मेल खाएको भन्दै अध्यक्ष केसीले सवै बिषय बस्तुका हिसाबले यो मुखपत्र हातमा समातीरहँु जस्तो लाग्ने बताइन् । ‘कर्णाली प्रदेशमा पार्टीको इतिहाँस र जनवग्रिय संगठनले गरेका काम र पार्टी राजनिति इतिहाँसको गतिविधिबारे जति समेटिनु पर्ने हो ती विषय विस्तु समेट्न सकिएको छैन त्यसको लागि अध्यक्षका हैसियतले म क्षमा चाहान्छु,‘अध्यक्ष केसीले भनिन्,’ ‘आउने दिनमा अन्य मुखपत्रमा समेटेर जाने छौ ।’
यस्तै कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इन्चार्ज कालि बहादुर मल्लले पार्टीले प्रकाशन गर्ने मुखपत्र भनेको पार्टीको आधिकारिक धारणा भएको भन्दै यसले सहि विषय वस्तु समेटेर प्रकाशन गर्नु पर्ने बताए ।
फरक प्रसंगमा इन्चार्ज मल्लले हालै नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ले नेपाली जनयुद्वलाई हिंसा भनेको प्रति आपत्ति जनाएका थिए । उनले अरुले जनयुद्वलाई राज्यसत्तासँगको लडाई भएकाले जनयुद्व भनेर स्वीकारि सकेको अवस्थामा जनयुद्व लडेकाहरुले नै हिंसा भनेको बेला त्यो भ्रम च्यात्न सबै लाग्नु पर्ने बताए ।
जनयुद्व हिंसा भए नेपालका ७ राजनिति दलका नेताहरुले माओवादीसँग १२ बुदे समाजदारी गरी बृहत शान्ती सम्झौता गर्दा ती राजनिति दलका नेताहरु कता सुतेका थिए भन्दै उनले प्रश्न गरेका थिए । हिंसा होइन हामिले गरेको जनयुद्व हो त्यो बहस हामिले गर्नु पर्छ,‘उनले भने,’ ‘हिंसा भनेको झडप हो, द्वोन्द्व दुई पक्षबीच हुने लडाई हो, युद्व भनेको हतियार को युद्ध हो,जनयुद्ध भनेको अन्यायको विरोध गर्दै राज्यसत्ताका विरुद्ध लड्ने लडाई हो ।’
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामदिप आचार्यले पछिल्लो समय माओवादी पार्टीमा अध्ययन गर्ने बानि हराउदै गएको भन्दै त्यसको लागि सबैले अध्ययन गर्न तिर जोड दिनु पर्ने बताए । यस्तै केन्द्रीय सदस्य महेन्द्र बहादुर शाहीले पढेको सिमित ज्ञान पूर्ण हुँदैन भन्दै त्यसको लागि व्यवारिक ज्ञानको जरुरत भएको बताए । सिद्धान्तको व्याख्या गरेर मात्र हँुदैन त्यो सिद्धान्त व्यवहारमा प्रयोग गर्न जरुरी छ,‘उनले भने,’ ‘अहिले चाहिएको भनेको विकास हो । देश नबन्नुको कारण के हो ? त्यो पत्ता लागाउन तिर सबैले ध्यान दिनु पर्छ ।’
विवशकुमार सेजुवाल । २७ माघ २०८१, आईतवार १६:४९