सुर्खेतबाट महाकुम्भ मेला जाँदै गरेको बस बबईमा दुर्घटना

सुर्खेत । भारतको प्रयागराजमा जारी महाकुम्भमा जाँदै गरेका तिर्थ यात्री सवार बस सुर्खेतमा दुर्घटनामा परेको छ । रत्न राजमार्गको बबई–हर्रे सडक खण्डको बबईदेखी एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ बस सडकबाट तल खसेको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । हालसम्म १५ जना बढीको उद्दार गरेर कोहलपुरतर्फ पठाइएको प्रहरी चौकी बबईले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी चेपाङ बर्दिया र बबईको टोलीमा घटनास्थलमा खटिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।