सुर्खेत । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लाका इञ्चार्ज तोकेको छ । आइतबार तल्लो तहमा पठाइएको परिपत्रअनुसार सबै जिल्लाका इञ्चार्ज तोकिएका हुन् ।
केन्द्रीय सदस्यलाई बेरोजगार नबनाउने योजना अनुसार जिम्मेवारी तोकेको नेताहरूले दाबी गरेका छन् ।
जसअनुसार कर्णाली प्रदेशका १० जिल्लाका इन्चार्जहरुमा कालिकोट जीवन बुढा,सुर्खेत झक बहादुर मल्ल, दैलेख प्रेम कटुवाल, जाजरकोट गगनबहादुर खड्का, डोल्पा कालि चलाउने, जुम्ला नरेश भण्डारी, मुगु मंगल शाही, हुम्ला छिमि लामा, सल्यान कृतिबहादुर पुन, रुकुम पश्चिम बसन्त कुमार शर्मालाई जिम्मेवारी दिइएको माओवादी केन्द्रका महासचिव देव गुरूङले पठाएको परिपत्रमा उल्लेख गरिएको छ ।
झिल्को खबर । २७ माघ २०८१, आईतवार २१:३९